You are viewing the translated version of भौतिक संरक्षण गर्ने.

Section 45
भौतिक संरक्षण गर्ने
(१) नियमनकारी निकायले रेडियोधर्मी पदार्थ र संयन्त्रको भौतिक संरक्षणका लागि सुरक्षा संवेदनशीलता र मापदण्ड बमोजिम रेडियोधर्मी पदार्थको वर्गीकरण गर्न सक्नेछ।
(२) नियमनकारी निकायले रेडियोधर्मी पदार्थको सुरक्षा र भौतिक संरक्षणको लागि देहायका विषयमा शर्तहरु तथा मापदण्ड निर्धारण गरी लाग्‌ गर्नेछ:-
(क) बिभिन्न किसिमका पदार्थको लागि आवश्यक संरक्षण संयन्त्र र प्रक्रिया,
(ख) नियन्त्रण तथा जवाफदेहीता सम्बन्धी,
(ग) रेडियोधर्मी पदार्थको अभिलेखन र नियन्त्रण,
(घ) निरीक्षण तथा अनुगमन सम्बन्धी,
(ङ) तोकिए बमोजिमका अन्य विषयहरु ।
(३) रेडियोधर्मी पदार्थ र संयन्त्रको भौतिक संरक्षणको प्रत्याभूति गर्ने दायित्व इजाजतपत्रवालाको हुनेछ।
(४) रेडियोधर्मी पदार्थ वा संयन्त्रको चोरी भएमा, चोरी वा अन्य कुनै किसिमबाट हानि नोक्सानी भएमा वा हुने सम्भावना भएमा इजाजतपत्रवालाले देहाय बमोजिमको कार्य गर्नु पर्नेछः-
(क) त्यस्तो घटना र सोसँग सम्बन्धित परिस्थितिको बारेमा तत्काल
नियमनकारी निकायलाई जानकारी दिने,
(ख) खण्ड (क) बमोजिमको जानकारी दिएपछि तीन दिनभित्र विस्तृत विवरण
सहितको लिखित प्रतिवेदन नियमनकारी निकायमा पेश गर्ने,
(ग) नियमनकारी निकायबाट माग भए बमोजिमका अन्य जानकारी तोकिएको
समयभित्र उपलब्ध गराउने ।
(५) उपदफा (४) बमोजिम प्राप सूचना नियमनकारी निकायले तत्काल मन्त्रालयलाई उपलब्ध गराउनु पर्नेछ।